ताजा अपडेट »

नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने

मंगलबार, २४ साउन २०७९, २३ : ०१
2 Shares

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग पाँच टी-२० र तीन एकदिवसीय अन्तराष्ट्रिय शृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार जनाएको छ । 

केन्यामा हुने शृंखला २५ अगस्ट देखि ५ सेप्टेम्बरसम्म हुनेछ ।  क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले सुरुवातमा टी-२० शृंखला खेल्नेछ । 

जुन शृंखला मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा पहिलो हुनेछ । क्यानले सोमबार प्रभाकरलाई नियुक्त गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।