९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

भैरहवा । तराई लगायत केही पहाडी भागमा समेत मानिने मोहर्रम पर्वले हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरु लाई एकतामा बाधेर दुवै धर्मावलम्बीहरुका लागी सदभावको प्रतिक भएको छ । हसन र हुसेनको प्रतिक स्वरुप तजिया निर्माण गरि मनाउने यो पर्व दुवै समुदायले उत्तिकै हर्षोउल्लास र श्रद्धाका साथ मनाउने गरेका छन ।

Advertisement

हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मालम्बीहरु पनि मुस्लिम जस्तै तजिया बनाई बिधिवत रुपमा पूजा अर्चना गर्ने गरेका छन । भैरहवा गाउँका पाचु ठाकुरले यो पर्व प्रति आफ्नो प्रगाढ आस्था रहेको बताउछन । वाञ्छित मनोकामना पूर्ण हने आशामा वा पूर्ण भए पछि तजिया बनाउने गरिएको छ ।

भैरहवाको भैरहवा गाउँ, खजहना, भैयाटोल, कठौतिया, उदयपूर, गोलिगढ लगायतका क्षेत्रमा समेत दुबै धर्मावलम्बीहरुको सहभागीतामा तजिया निर्माण हुदै आएको छ । भैरहवा बाहिर पनि धकधई, मर्चवार लगायतका क्षेत्रमा धुमधामका साथ मोहर्रम मनाईने गरिएको छ । हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए । उनले इस्लाम र मानवता को रक्षा गर्न आफ्नो परिवार र साथीहरुको बलिदान दिए ।

यीनै शहीद हरुकोे सम्झनामा ताजिया निस्कने गरेको छ । । यी ताजिया ती शहीदहरुको प्रतीक मानिन्छ । यी ताजिया संगै जुलूस निकालीन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा बिर्सजन गरिन्छ । इमाम हुसेनको चिहान इराक मा अझै छ । यही कारणले यो संसारभरिका मुस्लिमहरुको लागी दुःख को महिना हो । मोहर्रम को १० औं दिन आशुरा को दिन र हुसेन को बहादुर बलिदान को सम्झना दिन हो ।
हिन्दु तथा मुस्लिम समुदायले समान रुपले मनाउने यो पर्व चार दिनको हुन्छ ।

आकाशमा चन्द्रमा देखिएको दिन देखि शुरु भएको यो पर्व केराको पात काटी गाडने, मोहर्रमको एक दिन पहिला बनाएको तजिया बाहिर निकाली चौके बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजियाहरु एकजुट पारी स्थानिय कर्बलामा लगि बिर्सजन गरे पछि मेला को समापन हुने गर्दछ । हसन तथा हुसेन को प्रतिक स्वरुप बासको ढाचामा बिभिन्न रड्डीचड्डी कागज बेरी तजिया बनाई त्यस्को वरिपरि तासा, ढोल तथा मजिरा जस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफुले चिताएको मनकामना पूर्ण हुने बिश्वासका साथ यो पर्व मनाउने गरिएको भैरहवाबाट लगातार तजिया बनाउदै आएका रमजान मुसलमान बताउछन ।

यस बर्ष यो पर्वको मंगलबार तजियालाई कर्बलामा बिर्सजन गरि समापन गरिएको छ । कोभिडको कारण बिगत बर्ष घरमै बसेर मोहर्रम मनाईए पनि यस बर्ष स्थानियहरु ठूलो संख्यामा बाहिर निस्केर मोहर्रम पर्व मनाएका हुन ।

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन