ताजा अपडेट »

ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र

मंगलबार, २४ साउन २०७९, १६ : २४
24 Shares


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा गत पाँच वर्ष अघिदेखि सुरु गरिएको एक सडकको ग्रावेलिङ्ग गर्ने कार्य अलपत्र परेको छ । इस्मा गाउँपालिकाको रातचौर, ताल्तुङ्ग, उजुङ्गडाँडा, हर्पुकोट, नयाँपोखरा, मैदान, कोटकटेरी सडक ग्रावेलिङ्ग गर्ने कार्य अलपत्र परेको हो। आश्चर्यको कुराः पेटी ठेकेदारले रकम निकासी हुन सकेन भन्दै काम अलपत्र छाडेर हिँडेका छन् । उता मुख्य ठेकेदारले भने सडक निर्माण कार्य अलपत्र पारेपनि ९ करोड भन्दा बढी रकम निकासी गरेको खुलासा भएको छ ।

असारको पहिलो सातासम्म फाटफुट निर्माण कार्य भइरहेको उक्त सडकको निर्माण कार्य त्यस यता पुर्णरुपमा ठप्प छ । त्यस सडकमा पेटी ठेकेदारका रुपमा काम गर्दै आएका प्युठानका बीरबहादुर थापाले मुख्य ठेकेदारबाट रकम नै भुक्तानी हुन नसकी आफू काम छाडेर भाग्नु परेको फोनमा बताएका छन्। तर, सरकारी निकायमा बुझ्दा भने मुख्य ठेकेदार सन्तोष भुसालले गत आर्थिक वर्ष अघि नै ९ करोड भन्दाबढी रकम निकासी गरि सकेको खुलासा भएको छ ।

रौताहा हरीहरि जेभी काठमाण्डौं नामक निर्माण कम्पनीका सञ्चालक गुल्मी तम्घासकै सन्तोष भुसालले उक्त सडकमा ६२ प्रतिशत काम भएको प्राविधिक मूंल्यांकन देखाई शिवपुरी सडक डिभिजन कार्यालय कपिलवस्तुबाट ९ करोड ३६ लाख २७९ रुपैयाँ ८८ पैसा रकम निकासी गरेको खुलासा भएको हो ।

गुल्मी तम्घासमा रहेको सडक पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर सूर्यप्रसाद भण्डारीका अनुसार २०७४ साल साउन १९ गते तम्घास सिमलटारी प्यूठान सडक आयोजनाबाट उक्त सडकको १३ किलो मिटर चौडा पार्ने, ढल– नाली बनाउने, ग्रावेलिङ्ग गर्ने कार्यका लागि १३ करोड ५० लााख ९७ हजार १७० रुपैयाँ ९० पैसा लागतमा उक्त निर्माण कम्पनीका सञ्चालक सन्तोष भुसालले ठेक्का–जिम्मा पाएका थिए।

उनले २०७७ साल फागुन २्र० गते उक्त काम सम्पन्न गरि बुझाउने सम्झौता भएको थियो । त्यति बेला बुझाउन नसके पछि उनले दोश्रो पटक म्याद थपे । त्यस क्रममा तम्घास–सिमलटारी प्यूठान सडक आयोजना खारेज भयो र शिवपुरी सडक डिभिजन कार्यालय कपिलवस्तुलाई हस्तान्तरण गरियो । २०७८ पुस महिना देखि उनका अनुसार त्यस बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान विभागमा उजुरी परेपछि उक्त सडकको पुनरमुल्याङकन गर्न एक टोली आएर फर्किएको छ ।

सडक फराकिलो पार्ने काम सकियो । तर वाल पर्खाल र व्यवस्थित ढल–नाली नबनाउँदा कैयौं वस्तीउच्च जोखिमा परेको र ठेकेदारको चरम लापरवाही बिरुद्ध जिल्ला प्रशासनमा समेत गएर कुरा राख्दा पनि निकास निस्कन नसकेको इस्मा गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर कुँवर बताउँछन् ।

इस्मा गाउँपालिका–२ मा वडाध्यक्षका उमेदवार लोकनाथ आचार्यले उक्त सडकमा २३ करोड रकम संघिय सरकारबाट विनियोजित भएको र ठेकेदार सन्तोष भुसालले १३ करोडमा ठेक्का पारेको बताउँदै उक्त निर्मण कार्य अलपत्र पर्दा वडा नम्वर २ का करिव आधा दर्जन घरहरु उच्च जोखिमा रहेको र खेती सिंचाई गर्ने कुलाहरु समेत अबरुद्ध भएको बताए ।

उक्त सडकमा जथाभावी डोजर चलाउदा वडा नम्वर १ तरीखर्क गाउँका मात्रै झण्डै एक दजर्न घरधुरी उच्च जोखिमा परेका छन् । पहिरोले कैयौं ब्यक्तिको आँगन समेत तानेर घर छाडेका छन् । तीनै विस्थापित मध्येका तरखर्क गाउँका बजिरबहादुर कुँवर यसरी गुनासो सुनाउँछन् । ठकेदारको लार्पबाही बढ्दै गएको बताउँदै इस्मा गाउँपालिका १ का वडाध्यक्ष शेरबहादुर कुँवरले त्यस सडकमा सम्झौता अनुसारको वाल पर्खाल र नालीहरु नबनाउँदा त्यहाँका थुप्रै घर वस्तीहरु उच्च जोखिममा रहेको बताए ।

तरिखर्क गाउँका नारायणबहादुर कुँवरले त्यस सडक निर्माणका कामदारलाई खाना खुवाएका थिए । तर पैसा नतिरि काम गर्ने मानिसहरु हिडे । झण्डै २७ हजार भन्दा बढि रकम बराबरको खाना खुवाएका कुँवर यति बेला पुम्पुरो समाउने भएका छन् । पेटी ठेकेदार बीरबहादुर थापाले मुख्य ठेकेदार सन्तोष भुसालले आफुलाई रकम नदिएर आफु भागेर बस्नु परेको फोनमा बताएका छन् ।

उता काठमाण्डौमा रहेका मुख्य ठेकेदार सन्तोष भुसालले भने पेटी टेकेदार बीरबहादुर थापाले आफुबाट बढि पैसा लिएर मर्कामा पारेको र गत असार मशान्त भित्र काम गरेको रकम समेत आफुले संबन्धित निकायबाट भुक्तानी लिन नपाएको प्रतिकृया दिएका छन् ।

स्थानीय सरकारवाला भन्छन्–‘ठेकेदार र उनका पनि ठेकेदार बीचको लेनदेन सरकार र उपोक्ता जनताले जान्दैनन् । त्यो आपसमा मिल्ने मिलाउने कुरा हो तर कामको जिम्मेवारी लिएका र त्यति ठूलो रकम समेत बुझी सकेका मुख्य ठेकेदारले उक्त कामको जिम्मेवारी बेलैमा पूरा गर्नु जरुरी छ।’ कार्यालयका सूचना अधिकारी इन्जिनियर भण्डारी –‘ गत असार मसान्तसम्म गरिएको कामको सडक पूर्वाधार विकास कार्यालयले भुक्तानी नदिएर समस्यामा पारेको छ । त्यो भुक्तानीसंगै माघ महिनासम्म त्यो काम पूरा गर्नेछु। ’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।