ताजा अपडेट »

जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, २४ साउन २०७९, १५ : ४२
21 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राज बहादुर बम विरुद्ध भ्रष्टाचाचर मुद्दा दायर गरेको छ । 

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दैै अख्तियारले आज उनी विरद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि उनीमाथि अख्तिारले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा बमले झुट्टा बिल बनाई रकम हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग २ लाख ३४ हजार ११ रुपैयाँ बिगो दाबीग गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।