९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

बाग्लुङ । आफ्नै बुबाको कारण १५ महिने छोरीले ज्यान गुमाएकी छन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए । चौबिस घण्टासम्म जंगलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्यांग्रिएर मृत्यु भएको आफन्तजनले बतााएका छन् । 

Advertisement

शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जंगलमा गम्भीर अवस्थामा भेटिएकी थिइन् । उद्धारपछि अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको उनका काका गौतम बोहोराले जानकारी दिए । 

धवलागिरि अस्पतालले मृत्यु घोषणा गरेको थियो । त्यसअघि उनलाई बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा लगिएको थियो । 
स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पु¥याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । ‘बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो,’ काका गौतमले भने, ‘अस्पताल पुर्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे ।’
उद्धारमा पुगेका  बेनी–१ का वडासदस्य ताराप्रसाद थापाले गाउँलेले बच्चा रोएको सुनेपछि बालिका फेला परेको सुनाए । ‘अर्जमदेखि खबरा जाने सडकनजिक गैँडाराको जंगलमा भेटिएकी थिइन् । झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो, तर भित्र गम्भीर असर गरिसकेको रहेछ,’ उनले भने ।

रुँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए । बालिका रातभरको वर्षामा भिजेकी थिइन् । 
परिवारजनका अनुसार काममा गएकी आमा सरस्वतीको दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरदेखि हिँडेका थिए । त्यसदिन छोरीलाई श्रीमान्को साथ छोडेर सरस्वती काममा गएकी थिइन् । 

परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको बाध्यता थियो । तर, माया र विश्वास गरेको श्रीमान्ले छोरीलाई अनकन्टार जंगलमा लगेर छोड्ने कुरा सरस्वतीका लागि सोच्नसम्म नसकिने कुरा थियो, अफसोच त्यही भइदियो ।

‘मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्था’का कारण दीपकले त्यस्तो गम्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन् । छोरीसहित घरबाट हिँडेका उनी सम्पर्कविहीन भएका थिए । खोजतलास गर्ने क्रममा निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए । 
‘निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरी कहाँ ल्याएर छोरी कहाँ छिन् भन्दा पनि केही बोल्नुभएन, ठाउँ भनेको भए बचाउन सकिन्थ्यो । उहाँले किन त्यसो गर्नुभयो, हामी पनि अचम्ममा परेका छौँ,’ दीपकका भाइ गौतमले भने, ‘छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला, भिरपहराको बाटो जोगाउँदै लगेर जंगलमा एक्लै छोडेको देखिन्छ ।’

बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण कल्कलाउँदो छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुःखी बनाएको छ । छोरी बितेपछि सरस्वती विक्षिप्त बनेकी छन् । परिवार र आफन्तजन कानूनी प्रक्रिया पु¥याएर शव परीक्षणको पखाईमा छन् । दीपक भने प्रहरी नियन्त्रणमा छन् । स्थायी घर पर्वतको जलजला गाउँपालिका–४ मा भए पनि बोहोरा परिवार अहिले ज्याला मजदुरीका लागि पुख्र्यौली गाउँमा बस्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस्

Flash News

अरिङ्गाल पोल्ने क्रममा एकको मृत्यु, पाँच जना घाइते आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग, दलहरूसँग छलफल गर्दै दसैंका लागि दार्चुलामा खाद्यान्न पठाइने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति