८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गरेका छन् ।

Advertisement

बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७-७८, राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन, २०७७-७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरिएको हो ।

बैठकले ‘कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको सन्देशसहित प्राप्त उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले उक्त समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त प्रमाणीकरण विधेयक पढेर सुनाए। प्रमाणीकरण भएको विधेयक ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ हो । उक्त विधेयक यही साउन १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन्।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २५ गते बुधबार १ बजे बस्ने छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण