ताजा अपडेट »

भोलि देशैभरका नासु बिदामा बस्ने

सोमबार, २३ साउन २०७९, १३ : ४३
2 Shares

काठमाडौँ । असमान तलव वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अर्थ मन्त्रालयले बजेट घोषणा विपरीत असमान ढंगले उच्च तहको कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै देशैभरका नायव सुब्बा कर्मचारीले मंगलबार बिदामा बस्ने घोषणा गरेका हुन् । 

नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईका अनुसार असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिएको हो । उनीहरुले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

आन्दोलनका थप कार्यक्रम भोलि तय गर्ने युनियनका सचिव भट्टराईको भनाई छ । 

आजै सिंहदरबारमा नासु कर्मचारीहरुले पेनडाउन गरेका थिए।  सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा बसेकाे नासु कर्मचारीहरुको भेलाले मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत हुनसक्ने चेतावनी दिएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।