ताजा अपडेट »

फुटसल खेल्ने क्रममा बेहोस भएका विद्युतका कर्मचारीको मृत्यु

शनिबार, २१ साउन २०७९, २२ : ५७
18 Shares

नुवाकोट ।  नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गएको छ । फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी कृष्ण राइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई विदुर नगरपालिका-५ पिपलटारमा रहेको फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि उपचारको क्रममा त्रिशूली अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

फुटसल खेल्दा असहज भएर आराम गरिरहेका राई एक्कासी बेहोस भएका थिए । उनको मुटुको भल्ब केही वर्षअघि फेरिएको बताइएको छ ।

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरि शव आफन्तको जिम्मा लगाइएको छ ।-न्युज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।