२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

जनकपुरधाम । मधेस प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूले आवश्यकताविनै खरिद गरेको करोडौंका सामान एक पटक पनि प्रयोग नभइ थन्किएका छन् ।

Advertisement

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, मुख्यमन्त्री कार्यालयले मात्रै आर्थिक वर्ष २०७७/७८ मा दुई करोड ७५ लाखभन्दा बढी रूपैयाँको उपकरण र सफ्टवेयरमा खर्च गरेको पाइएको छ । तर, ती उपकरण तथा सफ्टवेयरहरू अहिलेसम्म एक पटक पनि चलाइएको छैन । प्रयोगमा नै नआइ उपकरणको ग्यारेण्टी अवधि समेत सकिएकोछ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कार्यालय आयोजना व्यवस्थापन, अफिस अटोमेसन लगायतका ६ प्रकारको सफ्टवेयर खरिद गर्दा ६६ लाख १८ खर्च गरेको थियो । ती सफ्टवेयरको उपयोगमा आएनन् । सफ्टवेयर निर्माण कम्पनीले एक वर्षसम्म सफ्टवेयर सुधार तथा मर्मत सेवा उपलब्ध गराउने जनाएको थियो । तर, सफ्टवेयरहरू प्रयोगमा नल्याइएकोले मर्मत सुधार अवधि समेत समाप्त भएको छ । 

सफ्टवेयर खरिद गरेपछि लागु हुन सक्ने/नसक्नेतर्फ खरिद गर्नुपूर्व विश्लेषण गर्नुपर्ने, उपलब्ध जनशक्तिको क्षमता, सफ्टवेयरको आवश्यकता विश्लेषण नगरी खर्च गरेको पाइएको महालेखा परीक्षकको कार्यालयले औल्याएको छ ।  

मधेस प्रदेशको शान्ति सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्दै आएको छ । प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाको रहेको छ । तर, प्रदेशका गृहमन्त्रालयले मधेस भवनको सुरक्षाका लागि लाखौ रूपैयाँको विभिन्न उपकरणहरू खरिद गरेको थियो । मधेस भवन परिसरमा सुरक्षासम्बन्धी डिटेक्टर, स्क्यानर, कम्प्युटर लगायतका उपकरण खरिद गर्न ९८ लाख ४४ हजार खर्चिएको थियो । ती उपकरणहरू जडान गर्ने स्थान, भवन लगायतका पूर्वाधारहरू निर्माण नभएकाले ती अहिलेसम्म प्रयोग भएका छैनन् । सबै सामान  भण्डारमै थन्किएको छ ।

सामानको परीक्षण समेत नगरी रकम भुक्तान गरिएको छ । खरिद भइसकेका सामानको ग्यारेण्टी अवधि एक वर्ष रहेकोमा सो अवधि समाप्त हुँदा समेत सामान जडान गरिएको छैन । 

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तरगत रहेको उपभोक्ता हित संरक्षण निर्देशनालयले तीत सफ्टवेयर १३ लाख ९६ हजार रूपैयाँमा खरिद गरेको थियो । तर, ती सफ्टवेयर समेत प्रयोगमा आउन सकेको छैन । 

भूमि, व्यवस्था कृषि सहाकारी मन्त्रालयले नापी सर्भे प्रयोजनाको लागि ९७ लाख २० हजार रूपैयाँमा ड्रोन, क्यामेरालगायतका उपकरण खरिद गरेको थियो । तर, ती सामान समेत प्रयोगमा आउन सकेको छैन । उपकरण त्यतिकै थन्किएका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक परमेश्वर साहले कुनै पनि समान खरिद गर्दा त्यसको औचित्यता छ छैन मुल्यांकन गर्नुपर्ने बताए । यहाँका मन्त्रालयले कमिसनको खेलमा जथाभावी सामान खरिद गर्ने गरेको उनको आरोप छ । 

प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सामानहरू अघिल्लो मन्त्रीले खरिद गरेको र यसलाई कसरी प्रयोग गर्ने भनेर सुरक्षा निकायसँग छलफल गरेको बताए । उनले मधेस भवनको ३ नम्बर गेटमा सामान लगाउने तर यसका लागि भौतिक मन्त्रालयले सडक निर्माणमा ढिला सुस्ती गरेकाले लगाउन नसकिएको बताए । साहले भने ‘सडकको अधुरो कामहरू रहेको छ, भौतिक मन्त्रालयले ठेक्का लगाएको काम सकिए लगत्तै आवश्यक भवन निर्माण गरेर सामानहरूलाई प्रयोगमा ल्याइने छ ।’ 

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…