२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । नेपाली पुरुष भलिवलमा अग्रस्थान ओगट्न सफल रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबको सातौ साधारण सभा तथा चौथौ अधिवेसनले पुनः लोकेन्द्र बहादुर भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ । शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

Advertisement

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा किशन चन्द, उपाध्यक्ष ओमकार थापा, सचिव काशी गौतम, कोषाध्यक्ष यम बहादुर पुन, सहसचिव सुदिप खत्री, मानार्थ सदस्य प्रताप खवास, सदस्यहरु कुल बहादुर थापा, उदय मल्ल, प्रेम पुन, चिरन फाल, थमन खत्री, रबिन सारु, रोशन चन्द, टेकमाया छन्त्याल चयन भएका छन ।

निर्वाचन अघि साधाणसभा तथा अधिवेशनकोे उद्घाटन गर्दै प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले प्रदेशमा साहसिक र विदेशी पर्यटक भित्र्याउने गरि खेल पुर्वाधारको विकासमा प्रदेश सरकार लागेको जनाए । १२ औं राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सफलताबाट लुम्बिनी प्रदेश खेलकुदमय भएको दाबी गर्दै उनले सबै खेल सरोकारवालाहरु आगामी दिनमा खेल विकासमा लाग्नुपर्ने बताए । नवौ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरि प्रदर्शनको तयारीमा सबै खेल र खेलाडीहरुको जुटेको उनले बताए । नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा नीजि क्षेत्रको योगदान रहेको भन्दै सरकारबाट आगामी दिनमा पुर्वाधारमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका वरिष्ठ उपाध्यक्ष योग गुरुङले भलिबलको संरचनागत रुपमा भर्खरमात्र संघीयतामा गएको भन्दै ३ तहको सरकारबाट आवश्यक सहयोग लिदै विकासमा अघि बढ्ने बताए । कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र शाक्य, क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, उपाध्यक्ष विश्वास ढकाल, क्लबका सचिव मेघराज भट्टराईले खेलकुदको पुर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…