२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

दाङ । नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अपवित्र गठबन्धन एमाले विरुद्ध एक्लै चुनाव लड्न नसक्ने हुनु भनेकै एमालेको राजनीतिक जीत भएको बताए । प्रेस चौतारी नेपाल दाङ शाखाले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सभामुखसमेत रहेका नेता नेम्वाङले विचार र सिद्धान्त नमिल्नेहरु बीच गठबन्धन गरेर संसदीय मुल्य र मान्यता विपरीत काम गर्दा देश दुर्घटनामा परेको बताए ।

Advertisement

एमालेको व्यापक दवावका बावजूद अन्ततः सरकारले आगामी निर्वाचनको मिति तोकेको हुँदा अब देशलाई असहज अवस्थाबाट पार लगाउन जनताले फैसला गर्नुपर्ने बेला आएको बताए । ‘गठबन्धन आफैमा संसदीय मुल्य र मान्यता विपरीत छ, यो आफैमा अपवित्र छ,’ उनले भने ‘त्यसैले एमालेसँग एक्लै चुनाव लड्न सक्ने हैसियत राख्दैन, यसो हुनु भनेकै एमालेको राजनीतिक जीत भएको हामीले ठानेका छौँ ।’

सत्ता स्वार्थमा लिप्त भएका, देशलाई श्रीलंकाको बाटोमा हिँडाउन खोजेका गठबन्धनका नेताहरुको कार्यशैलीलाई परास्त गर्दै बलियो राष्ट्रिय शक्तिका रुपमा रहेको एमालेलाई काम गर्ने वातावरण बनाउन निर्वाचनका माध्यमबाट जनताले फैसला गर्नुपर्ने बताए ।

‘देशको अग्रगमनका लागि हामीले नयाँ जनादेशको कुरा गर्दा अराजनीतिक पार्टी, राष्ट्रघाती भन्नेहरु टाउको जोडेर जनताको बीचमा भ्रमको खेती गरिरहेका छन्, जनताले उनीहरुको कार्यशैली र गतिविधिलाई बुझेका छन्’ उनले भने, ‘जसले राष्ट्र र राष्ट्रियताको लागि सरकारमा बसेर काम गर्याे, जनताको जन जीविकालाई माथि उठाउन समाजमा योगदान दिन खोज्यो उसलाई जनताले रुचाई रहेका बेलामा अपवित्र गठबन्धन गर्नेहरुले रुचाएनन् । आखिर देशलाई यस्तो अवस्थामा ल्याउनका लागि रहेछ भन्ने आज प्रमाणित भएको छ ।’

हिजोको असहज परिस्थितिमा देशको निकासका लागि ताजा जनादेशमा जानुपर्छ भनेको एमालेलाई राष्ट्रघाती भन्नेहरु अहिले आफुहरुको बाटोमा आएको स्मरण गराउँदै उनले एमाले जनताको मन, विचार र विश्वास लिएर सँधै अघि बढेको पनि बताए । यस्तै, आफ्नो पार्टीले संसदीय मुल्य र मान्यतामा रही जिम्मेवार प्रतिपक्षको रुपमा गरी रहेको खबरदारीलाई कमजोरीका रुपमा नलिन चेतावनी दिए ।

नेता नेम्वाङले पछिल्लो समय गठबन्धन सरकारले एकपछि अर्काे गलत काम गर्दै गएकोमा खबरदारी गर्दागर्दै पनि नजरअन्दाज गरेर अघि बढ्न खोज्नु मुलुक र जनताको हीत विपरीत भएको तर्क गरे ।

‘हामी संविधान र संसदीय मुल्य र मान्यतामा रहेर जिम्मेवार प्रतिपक्षको भूमिकामा उभिँदै आएका छौँ, जनताको आवाजलाई नीति र विधि सम्मत रुपमा संसदका बोल्दै आएका छौँ, हामीले विनम्रतापूर्वक गर्ने व्यवहारलाई गठबन्धन सरकारले कमजोरी ठान्छ भने त्यो दर्भाग्य हुनेछ,’ उनले भने ‘के हामीले उनीहरुले गरे जस्तै टेबल फुटाउनु पर्ने हो ? के हामीले प्रहरीमाथि आक्रमण गर्नुपर्ने हो ? जनताको आवाज विपरीत काम गर्ने हाम्रो नीति र सिद्धान्तमा छैन । हामी त्यसो गर्दैनौ ।’

गठबन्धन सरकारले गरेका गलत कामको विनम्रतापूर्वक खबरदारी गरिरहेको जिम्मेवार प्रतिपक्ष एमालेलाई किनारा लगाउँछौँ भन्नु दिवास्प्न मात्रै भएको जिकिर गरे । दल विभाजनबिना नै विचार सिद्धान्त नमिल्ने दलहरुबीच गठबन्धन गरेर देशलाई बर्बादीको बाटोमा हिडाईरहेकाहरुले जनताको विश्वासमाथि कुठाराघात गरेको बताए । तर, आसन्न प्रदेश र संघीय निर्वाचनमा उहाँल मन र विचार मिल्नेहरुसँग तालमेल हुन सक्ने संकेत भने गरे । कुन दलसँग कसरी तालमेलन गर्ने भन्ने बारेमा पार्टीमा ठोस् छलफल नभएको उनले स्पष्ट पारे ।

पछिल्लो समय लगातार रुपमा संसदबाट पारित गरिएको एमसीसी, एसपीपी, नागरिकता विधेयक जनता र राष्ट्र अनुकुल नभएको स्पष्ट पारे । लामो समयसम्म विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकका अन्तरबस्तुका संसदीय समितिभित्र वृहत छलफल गरी पटक पटकको संशोधन पश्चात अघि बढाउने काम हुनुपर्नेमा हठात् गरिएको कामले नेपाली नागरिकलाई ठूलो धोका भएको बताए । यस्तै, उनले अर्थमन्त्रीको सिसि टिभी फुटेज प्रकरण, गभर्नर निलम्बन प्रकरणका बारेमा पनि स्पष्ट पारेका थिए ।

उनले गठबन्धनका नेताहरुले एमालेले एम अधिकारीसँग अर्थमन्त्रीको फुटेज प्रकरणमा सौदावाजी गर्याे भन्नु सरासर गलत प्रचार भएको बताए । एम अधिकारीका बारे स्वयम् गभर्नर महाप्रसाद अधिकारी र एमालेले आफ्नो स्पष्ट धारणा सावजनिक गरिसकेको अवस्थामा पनि गठबन्धनका नेताहरुबाट जनतामा भ्रम फैलाउन गलत प्रचार गरिएको प्रष्ट पारे । चौतारी जिल्ला अध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत मन्तव्य उपाध्यक्ष प्रेमबहादुर राम्जाले गरेका थिए भने सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…