२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022


सुर्खेत । जंगली च्याउ खाँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका–४  साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  सल्यानले जनाएको छ । 

Advertisement

जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका चारमध्ये  बालिकाको प्रदेशिक अस्पताल  सुर्खेतमा शनिबार  दिउँसो  उपचारको क्रममा  मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय  सल्यानका सूचना  अधिकारी सन्तोष  खनालले जानकारी  दिए । 

शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका–४ साइला कम्दकी ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी भएका थिए । जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।

उनीहरूका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकलि ओली  २३ वर्षीय छोरा प्रकाश ओली र  बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका–४ साइला कम्दका चार गरी आठ जना बिरामी  भएका  थिए । जसमध्ये पाँच जनाको  प्रादेशिक अस्पताल सुर्खेत कालागाउँ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको  खनालको भनाइ छ ।- न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…