ताजा अपडेट »

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगबारे आइतबारको संसदमा छलफल हुने

शनिबार, २१ साउन २०७९, १३ : ५५
12 Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता दर्ता भएको महाअभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल हुने भएको छ । आइतबार बिहान ११ बोलाइएको बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची निकालिएको छ ।

२०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।

प्रस्तावको प्रस्तावकका नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा: पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ, समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९८ सांसद रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।