ताजा अपडेट »

गायक प्रचण्ड जिसीको तीज गीत ‘सुन प्यारी’

शनिबार, २१ साउन २०७९, १२ : ४१
12 Shares


बुटवल । लोक तथा दोहोरी गीतको क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल लोक गायक प्रचण्ड जिसीले यस वर्षको तीजमा ‘सुन पियारी’ सार्वजानिक गरेका छन् । जिसीको सुन पियारी बोलको तिज गीत यती बेला चर्चामा रहेको छ । गीतमा प्रचण्ड जिसी र मिना लामाको स्वर रहेको सुन पियारी बोलको गीतका लय सब्द भने गायक प्रचण्ड जिसीकै रहेका छन्।

गीतको म्यूजिक एरेन्ज भने विस्वास नेपालले गरेका छन् । गीतको म्यूजिक भिडियोमा अभिनय चन्द्र शर्मा र जुना गुरुङको रहेको छ भने म्यूजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् । गीत प्रचण्ड जिसीको आफ्नै यूट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा रहेका जिसीका दर्जनौं तीज, दशैं तिहारतथा लोक दोहोरी गीतहरु छन् । ती मध्ये अधिकांश सफल तथा चर्चित रहेका छन् ।

https://www.youtube.com/watch?v=GOypfMsYpXo
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।