ताजा अपडेट »

नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु

शनिबार, २१ साउन २०७९, ०६ : ५३
23 Shares

बैंकक । दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् । 

स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो । 

आगलागीको कारण खुलेको छैन् । एक तले उक्त भवनको पर्खालबाट आगो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकहरुले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।