ताजा अपडेट »

करोड बढी राजस्व चुहावट गरेको आरोपमा रुपन्देहीका २ जना रेष्टुरेन्ट सञ्चालक विरुद्ध मुद्दा

शुक्रबार, २० साउन २०७९, २३ : ०५
22 Shares

काठमाडौं । एक करोड आठ लाख बढी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय बुटवलले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा साझा रेष्टुरेन्टका सञ्चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ बस्ने ४१ वर्षीय प्रकाश यादव र सोही नगरपालिका–१४ बस्ने २० वर्षीय विष्णु यादवविरुद्ध मुद्दा दायर भएको हो ।

रेष्टुरेन्टका सञ्चालक यादवद्वयले आयकरतर्फ ५१ लाख ४१ हजार ९०२ रुपैंया र मूल्य आयकरतर्फ ५६ लाख ९४ हजार ६२१ गरी एक करोड आठ लाख ३६ हजार ५२३ रुपैंया राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

यादवद्वय विरुद्ध एक करोड आठ लाख ३६ हजार ५२३ रुपियाँ बिगोसहित कैद र ब्याजसमेत असुल हुने गरी उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।