२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

मन्थली । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा भइरहेको ब्रम्हलुटको अन्त्य गर्नको निमित्त जनताले आगामी निर्वाचनमा राप्रपा नेपाल रोज्नु पर्ने बताएका छन् । 

Advertisement

आज रामेछापको मन्थलीमा आयोजित जिल्ला समितिको विस्तारित बैठकमा बोल्दै महामन्त्री बर्तौलाले मुलुकमा परिवर्तन गर्छौ, समृद्धि ल्याउँछौ भन्नेहरू भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको समेत आरोप लगाए ।

भ्रष्टाचार , कुशासन , धर्म परिवर्तन र बेरोजगारी समस्याको जालो तोड्न जनताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । विदेशी शक्ति खुसी पारेर नेपाली जनतामाथि शासन गर्ने आत्मसमर्पणवादी मानसिकता नेपाली नेताहरूमा हाबी भएकोले त्यसको अन्त्य अहिलेको प्रमुख आवश्यकता रहेको बर्तौलाको कथन थियो । 

कार्यक्रममा बोल्दै पार्टीका बागमती प्रदेश अध्यक्ष माधव खत्रीले पार्टी र बिचारलाई स्थापित गर्न संगठनलाई केन्द्रमा राखी अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा संगठन विभागका सदस्य सचिव रामसुन्दर विष्ट , केन्द्रीय सदस्य जीवन सुनुवार , दोलखा अध्यक्ष नवराज श्रेष्ठ , रामेछाप अध्यक्ष रामचन्द्र कँडेल लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

कुसुन्डामा भाषा संरक्षणकै चिन्ता चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह