Aug 10, 2022
बुटवल । बुटवल जेसिजले सप्ताहव्यापी रुपमा जेसिज सप्ताह मनाउने भएको छ। बटवल जेसिजले हरेक वर्ष वार्षिक कार्यक्रम अन्तर्गत मनाउने यस वर्षको सप्ताह शनिवारदेखि मनाउने बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो।
जेसिजका वर्ष २०२२ का अध्यक्ष चन्द्रमणी भुसालले सरकारले अगाडी सारेको दिगो विकास लक्ष्य कार्यक्रमलाई सघाउ पुग्ने गरि जेसिजले पनि युवाहरुको नेतृत्व क्षमता विकाससंगै हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको बताए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खाद्यान्न वितरण, फलफुलका वृक्षरोपण, रक्तदान, दन्तशिवीर, आंखा जांच, साईबर क्राईम विरुद्ध सचेतनामुलक अन्तक्रिया लगायतका कार्यक्रम आयोजना गरिएको जेसिजका मिडिया संयोजक आविश्कार खनालले जानकारी दिए।
४९ वर्ष अगाडी स्थापना भएको बुटवल जेसिजले स्थापना कालदेखि नै युवा नेतृत्व विकास, रक्तदान, सरसफाई, स्वास्थ्य शिवीर, दैवीप्रकोप प्रभावितहरुलाई राहत, विपन्न बर्गका समुदायलाई खाद्यान्न सहयोग लगायतका कार्यक्रम गर्दै आएको छ। सो अवसरमा जेसिजका महासचिव मोहन न्यौपाने, कार्यक्रम संयोजक चन्द्रकान्त डुम्रे, कानुनी सल्लाहकार विनोद घिमिरे, कोषाध्यक्ष केशव श्रीस लगायतले जेसिज अभियानको बारेमा जानकारी दिएका थिए।
प्रतिकृया दिनुहोस्