२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

बुटवल । प्याब्सन बुटवलले आयोजना गरेको अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कूल विजयी भएको छ । १९ प्रतिष्पर्धी विद्यालयलाई पछाडि पर्दै ज्ञानपुञ्जले उपाधि चुमेको हो । त्यस्तै क्यानन बोर्डिङ स्कूल दृतीय भएको छ । तृतीय र सांन्त्वना क्रमस एभरेष्ट इङलिस बोर्डिङ स्कूल र दीप बोर्डिङ हाई स्कूल भएको भएका छन् ।

Advertisement

विजयी विद्यालय र प्रतियोगी विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बुटवलका अध्यक्ष कूलानन्द पाण्डेले जानकारी दिए । कार्यक्रममा उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संस्थागत विद्यालय विकासमा नगर सधै तयार रहेको बताए ।

उनले निजी विद्यालयमैत्री ऐन कानून निर्माण गरी लगानी आकर्षित गर्ने वातावरण बनाउन नगरको ढोका सधै खुला रहेको उनको भनाइ छ । लोकसंस्कृति संरक्षण गर्न नगरले आवश्यक बजेट पनि विजियोजन गरेको उनले सुनाए । कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले राज्यले संस्थागत र सामुदायिक विद्यालयलाई विभेद गरेको गुनासो गरे । उनले बुटवलमा सबै विद्यालयमा सेनेटरी प्याडको व्यवस्था मिलाउन नगरप्रमुखलाई आग्रह समेत गरे ।

प्याब्सन बुटवलका अध्यक्ष कूलानन्द पाण्डेले गुणस्तरीय शिक्षा प्रदान गरेका संस्थागत विद्यालयलाई राज्यबाट सिधै विभेदको व्यवहार भएको बताए । प्याब्सन बुटवलका उपाध्यक्ष मित्रहरि आचार्यको स्वागत तथा सचिव रामकृष्ण खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन