ताजा अपडेट »

रवि लामिछाने भोलि बुटवल आउने

शुक्रबार, २० साउन २०७९, १७ : ३७
19 Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि बुटवल आउँदैछन् । उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा ३, शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन् ।

पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछानेसहितको पार्टी नेतृत्व पश्चिम नेपालको कार्यक्रम सकेर बुटवल आउन लागेका हुन् । भोलि आयोजना गरिने कार्यक्रमको लागी पर्चा, पम्पलेट, व्यानर तथा अन्य प्रचारप्रसारको सबै काम सकिएको नेतृ ज्वाला संग्रौलाले जानकारी दिईन । आजै लामिछाने रुपन्देहीको बुटवल आउने र भोली कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पश्चिमका सुदुरपश्चिम, कर्णाली प्रदेश लगायत विभिन्न जिल्लामा उत्साहजनक सहभागीतासहित पार्टीको कार्यक्रम सकिएपछि उनी लुम्बिनी आउन लागेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।