२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने उनको भनाइ छ ।‘एमालेलाई दुई तिहाइ चाहिन्छ । तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । तर, हामीले संगठित र योजनाबद्ध रूपमा काम गर्‍यौं भने बहुमत ल्याउन सक्छौं । केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ उनले भने । 

ओलीले यसअघि मनमोहन अधिकारीको सरकारलाई पनि अदालत प्रयोग गरेर चल्न नदिएको दाबी गरे । ‘२०५१ मा एमालेको अल्पमतको सरकार चल्न दिएनन् । उही अदालत प्रयोग गरियो । त्यसबेला पनि ठूलो दलको हैसियतले हामीले सरकार चलाएका हौं । गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा सही, मनमोहन अधिकारीले संसद् विघटन गर्दा हराइयो । व्यक्तिलाई हेरेर अदालतबाट मुद्दाको छिनोफानो गरियो । कांग्रेसले अहिले थप सुविधा पायो । वामपन्थी सरकार देख्न नचाहनेको सहयोग कांग्रेसले पायो । नत्र प्रश्न गर्न सक्ने हैसियतसम्म कांग्रेसको थिएन,’ ओलीले भने ।

ओलीले अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र भएको दाबी गरे । ‘अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र हो । बिँड भनेको कम्युनिस्टधारी काठ हुन् । जब कम्युनिस्ट मजबुत हुन्छ अनि ढाल्न थालिन्छ,’ उनले भने ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा