ताजा अपडेट »

प्लस–टू पढ्ने विद्यार्थीहरुलाई रेसुङ्गा नगरपालिकाको मासिक ४ हजार

शुक्रबार, २० साउन २०७९, १४ : १७
20 Shares

गुल्मी । गु्ल्मीको रेसुङ्गा नगरपालिकाले यस वर्षको एसईई परीक्षामा ३.२ जिपिए भन्दा माथि अंक ल्याई उत्तिर्ण भई प्लस–टू पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

उक्त बिशेष कार्यक्रमको रेसुङ्गा नगरपालिकाका मयेर खिलध्वज पन्थीले शुक्रबार एक समारोहकाबीच घोषणा गरेका हुन् ।
उनले रेसुङ्गा नगरपालिका भित्र घर भएका र पालिका भित्रैका विद्यालयहरुमा कक्षा ११ र १२ सम्म अध्यान गर्ने विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले रकम उपलब्ध गराउने गरि कार्यक्रम ल्याईएको बताए ।

पन्थीले शिक्षा र स्वास्थ्य विकासको मुख्य आधार भएको बताउँदै बिशेषतः बसाई सराई रोक्नका लागि यो बिशेष कार्यक्रम अगाडि सारिएको सुनाए । ‘गरिव विपन्न वर्गकका छोरा–छोरीहरु आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुँदै आएका छन्, –उनले भने वडाध्यक्षहरु तपाई हामी पनि त्यही वर्गबाट आएका हौं, बजेट कहाँ बाट ल्याउने रु भन्ने चिन्तै नगर्नुहोस्, जहाँबाट पनि ल्याएरै छाडिन्छ र कार्यविधी अनुसारका विद्यार्थीहरुलाई मासिक ४ हजारका दरले छात्रावृत्ति उपलब्ध गराउने यो कार्यक्रम सफल पारेरै छाडिन्छ । ’

नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत भक्तीराम मरासीनीले मेयर पन्थीले घोषणा गरेको यस कार्यक्रमले विशेष गरि पढाईका कारण गाउँ छाडेर शहरका बवद्यालय जान बाध्य विद्यार्थीहरुलाई रोक्न मदद्दत पुग्ने धारणा राखे ।

पालिकाका शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद भण्डारीले यस वर्षको एसईई परिक्षामा ३।६ भन्दा माथि ३६ जना र ३।२ भन्दा माथि १०६ जना गरि १४२ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी मासिक ४ हजारका दरले स्कलरशिप स्वरुप सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको र छिटै कार्यविधी समेत बनाएर कार्यक्रम लागु गर्न लागिएको बताए ।

घोषणा सभालाई सम्बोधन गर्दै मेयर पन्थीले यस अघि नगरपालिकाले अगाढी सारेको निशुल्क आँखा उपचार गरिने कार्यक्रमले निकै ठुलो सन्देश दिएको , अँस्ती मात्र ८ जना दृष्टि विहिनहरुको सल्यक्रिया गर्र्दा उनिहरुले आशिष दिएको र अव छिट्टै गुल्मी अस्पतालमा डाईलसिस गर्ने मेशिन उपलब्ध गराई मुटु लगातका दिर्घ रोगीहरलाई निःशुल्क डायलिसस सेवा उपलब्ध गराउँदा गरिव विपन्न वर्गले ठूलो राहतको महशुस गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।