ताजा अपडेट »

क्रिकेट खेलाडीलाई जनही ५ लाख

मंगलबार, २२ माघ २०७५, ०९ : ५३
8 Shares

माघ २२,

काठमाण्डौं । सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यूएईविरुद्धको एकदिवसीय र टि-२० सिरिज विजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिएका छन्।

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा मन्त्री विश्वकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए । त्यस्तै उनले खेलकुद क्षेत्रको पूर्वाधार विकासका विषयमा पनि सरकार गम्भिर भएर लाग्ने बताए । उनले खेलेर आफ्नो भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा खेलाडीलाई पुर्‍याउने प्रतिवद्धतासमेत व्यक्त गरे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।