ताजा अपडेट »

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो

शुक्रबार, २० साउन २०७९, १२ : ३०
29 Shares

काठमाडौं । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।  यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।