ताजा अपडेट »

रुपन्देहीको गैडहवास्थित एनआइसी बैंकमा आगलागी

शुक्रबार, २० साउन २०७९, १२ : ००
4 Shares

बुटवल । रुपन्देहीको गैडहवास्थित एनआइसी बैंकमा आगलागी भएको छ । जिल्लाको गैडहवा गाउँपालिका–३ को कार्यालय नजिकै बिष्णुपुरामा रहेको एनआइसी एसियाको शाखाको कार्यालयमा आगलागी भएको हो ।

गयराति पौने ९ बजेको समयमा एक्कासी बैंकको कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट एसी, पंखा, कम्पयूटर लगाएतका सामग्री जलेपनि महत्वपूर्ण कागजपत्र भने सुरक्षित रहेका छन्।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रराम्भिक अनुसन्धानमा देखिएको र घटनाका बारेमा थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।