ताजा अपडेट »

एक वर्षमा २० करोडको विभिन्न प्रकारका बल भित्रियो

शुक्रबार, २० साउन २०७९, ११ : १५
26 Shares

काठमाडौं । नेपालमा एक वर्षमा करिव २० करोड रुपैयाँको विभिन्न प्रकारका बल भित्रिने गरेको पाइएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १९ करोड ९८ लाख ४५ हजार रुपैयाँको विभिन्न बलहरु नेपालले आयात गरेको छ । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ती बलहरु नेपाल भित्रिएका हुन् । गत आर्थिक वर्ष ३५ लाख २९ हजार रुपैयाँको २८ हजार ८८० वटा गल्फ बल नेपालले आयात गरेको थियो । सोही समयमा ५५ लाख ८ हजार रुपैयाँको ८८ हजार ५३६ वटा लन टेनिस बल नेपाल भित्रिएको देखिन्छ । गत वर्ष मात्र नेपालमा ८ करोड ८ लाख ५६ हजार रुपैयाँमा ७ लाख २० हजार ९७६ वटा इनफ्लटेबल बल भित्रिएको विभागले जनाएको छ । 

यस्तै, उक्त अवधिमा बिभिन्न प्रकारका बल (गल्फ, टेवल टेनिस, लन टेनिस, इनफ्लटेबल) शिर्षकमा १० करोड ९९ लाख ५२ हजार रुपैयाँमा १५ लाख ५ हजार ३०७ वटा बल नेपालले आयात गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।