ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल र स्कुटर ठोक्किदा २ जना घाइते

विहीबार, १९ साउन २०७९, १५ : ४२
22 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा मोटरसाइक र स्कुटर एक आपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् । बिहीबार दिउँसो भैरहवाबाटबुटवलतर्फ आइरहेको लु ८४ प ७७४५ नम्बरको मोटरसाइकल र पश्च्मिबाट पूर्वतर्फ जान लागेको लु ६३ प ६४९९ नम्बरको स्कुटर तिलोत्तमा नगरपालिका–१५ स्थित पथरडाँडा चोकमा ठक्कर खाएका थिए ।

दुर्घटनाबाट मोटरसाइकलका चालक बुटवल उपमहानगरपालिका–७ का ४५ वर्षीय प्रेम थापा र स्कुटरका चालक सिद्धार्थनगर नगरपालिका–९ का स्रमाट श्रेष्ठ घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते मध्ये मोटरसाइकलका चालक थापाको अवस्था गम्भीर रहेको छ । घाइते दुबै जनाको तिलोत्तमा स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।