ताजा अपडेट »

रुपन्देहीमा १ सय १२ कार्टून अवैध रेडबूलसहित २ जना पक्राउ

सोमबार, १६ साउन २०७९, २१ : १४
30 Shares

भैरहवा । रुपन्देही प्रहरीले अवैध रेडबुल सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता बेद बहादुर पौडेलका अनुसार आईतबार साँझ करिब ७ बजे ओमसतिया गाउँपालिका वडा नम्बर २, पडसरीबाट अवैध रेडबुल र बदाम जुस बरामद गरेको हो ।

प्रहरीले पाएको गोप्य सूचनाको आधारमा बिशेष टोली खटिएको र उक्त टोलीले ग २ च ४६९७ नम्बर को गाडीमा लोड गरी भन्सार छलि चोरी पैठारी गरी ल्याउदै गरेको रेडवुल १ सय १२ कार्टुन ( ३ सय पिस ), बदाम जुस १ सय ५४ कार्टुन (१ हजार ८ सय ४८ पिस) र गाडी को अन्दाजी मूल्य १० लाख १५ हजार १ सय २० रुपैया बराबरको सामान स्थानीय मानिसको रोहवरमा बरामद गरेको पौडेलले बताए ।

प्रहरीले गाडीसंगै चालक कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २३ बस्ने २७ बर्षिय दामोदर चापागाई र स्याङ्जा जिल्ला वलिङ नगरपालिका वडा नंम्बर १४ बस्ने २८ बर्षिय विशाल तिवारीलाई पक्राउ गरेको जनाएको छ । बरामद सामान, गाडी र मानिहरुलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वेलहिया रुपन्देहीमा पठाइएको सहायक सूचना अधिकारी पौडेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।