२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उप प्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वर देवि चौधरीकै घरभित्र बुहारी कुटिएको घटना सार्वजनिक भएको छ । उपप्रमुख चौधरीकी बुहारी २५ वर्षीया बर्षा थारुले घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

Advertisement

तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी बर्षा थारुलाई श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा ठाडो उजुरी परेको थियो । उजुरीपछि छलफलका लागि वर्षाका श्रीमानलाई आज सोमबार बोलाएपनि उनी उपस्थित नभएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले ग्लोबल आवाजलाई बताए ।

मोहनले दैनिक लागुपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु-ससुराले समेत बेवास्ता गरेको बर्षाले प्रहरीसमक्ष बताएकी छन् । गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको उनले प्रहरीलाई बताएकी छन् ।

एक छोराकी आमा वर्षा थारूले आफूले न्याय नपाएसम्म घर फर्कन नसक्ने बताइन् । घरमा ससुराले केही सहानुभूति देखाउने गरे पनि तिलोत्तमा नगरपालिकाकी उपप्रमुखसहित रहेकी सासु जागेश्वरीले निकै हेला गर्ने गरेको गुनासो गरिन् । यस बारेमा अहिले आफुले केही प्रतिक्रिया नदिने र घटनाको विषयमा आफूले आधिकारिक रुपमै धारणा प्रस्तुत गर्ने चौधरीले बताएकी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…