ताजा अपडेट »

मानवसेवा आश्रम सहयोगार्थ दुबइमा कार्यक्रम हुँदै, गायिका देबि घर्ती जाने

आइतबार, १५ साउन २०७९, १५ : ५१
4 Shares

बुटवल । मानवसेवा आश्रम सहयोगार्थ युएईमा तिज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नेपाली नारीहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर रूपन्देही सेवा समाज यूएईको आयोजनामा यहि श्रावण २२ गते (७ अगस्ट) मा युएईको बरदुबइमा कार्यक्रम आयोजना गरिएको हो ।

सामाजिक सेवाभाव सहित, बिदेशमा पनि नेपालि लोक संस्कृतिको प्रबर्द्धन एबं युएईमा कार्यरत नेपालिहरू बिच आपसि भातृत्व सहित अघि बढ्नका लागि कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष टंक थापाले बताए । बरदुबइ स्थित होटल अस्टोरिया याक एण्ड यति एभरेस्ट क्लबमा आयोजना गरिएको सो कार्यक्रममा पछिल्लो समयमा लोक सांगेतिक क्षेत्रमा चर्चित लोक गायिका देबि घर्ती सहित हरि डुम्रे, प्रदिप पुन, रमेश पुलामि, अर्जुन न्यौपाने लगायत कलाकारहरूको प्रस्तुति संगै नेपाली पंचेबाजा र बिबिध सांस्कृतिक प्रस्तुति रहने अध्यक्ष थापाले जानकारी दिए ।

सो कार्यक्रम मार्फत संकलित सहयोग रकम नेपालमा रहेको मानव सेवा आश्रममा सहयोग गरिने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।