२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

फाइल तस्वीर

मंसिर १६,

Advertisement

काठमाडौँ । महिला हिंसा विरुद्धको अभियान चलिरहेकै बेला जिल्लाको साँफेबगर नगरपालिका ३ सिद्धेश्वरमा सोमबार एक युवती छाउपडी गोठमा मृत अवस्थामा फेला परेकी छन् । घरभन्दा करिब एकसय मिटर टाढा रहेको छाउपडी गोठमा २१ वर्षीया पार्वती बुढा रावत मृत अवस्थामा फेला परेकी हुन् ।

महिनावारी भएको चारदिनका दिन बेलुकी बजेतिर खाना खाएर सुत्न गएकी पार्वती बिहान करिब ७ बजेतिर नउठेपछि ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला परेको मृतकका जेठाजु छत्र रावतले जानकारी दिए । “होचो र सानो कोठमा आगो बालेको देखियो, प्रारम्भिक रुपमा हेर्दा निसास्सिएरै मृत्यु भएको हुनसक्छ ।” घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका इनिष्पेक्टर नरपती भट्टले भन्ने । मृत्युका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय साँफेबगरका इनिष्पेक्टर नरपती भट्टले जानकारी दिए ।

सातफिट लामो र आठ फिट चौडाइ र छ फिट उचाइ रहेको घरमा मृत भेटिएको अछाम प्रहरीले जानकारी दिएको छ । १८ महिनाअघि बिहे भएको पार्वतीका श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेका छन् । अछाम जिल्लामा सन् २००७ यता मात्र १४ जना भन्दा बढीको मृत्यु छाउपडीकै कारण भएको छ ।- गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी