२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

काठमाडौं । जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट भएका हुन् ।

Advertisement

आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाका अनुसार सातौं संस्करणको प्रतियोगिताको फिनालेका लागि छानिएका प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने छन् । प्रतियोगिताको छनोट चरणको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्राफर), रवि धमाला (सिइओ नेक्स्ट मोडल्स नेपाल), रुबिस्का श्रेष्ठ, अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) र मिष्टर नेपाल २०२२ विजेता नुतन श्रेष्ठलगायत थिए ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबर उपहारसहित सेप्टेम्बर १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने ‘सुपर मोडल इन्टरनेसनलमा’ तथा महिला विजेता र पुरुषले ‘मिष्टर टुरिजम वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ सरन एरिक विलियम्स, मनिष श्रेष्ठ, विराज गौतम, विवेक सिंह ठकुरी, अग्निश्री विश्वकर्मा, हिर्दय कुमार यादव, सम्राट सिंह, विवेक खड्गी, आदर्श श्रेष्ठ, रुविन श्रेष्ठ, मनिष बुढा, रोशन आचार्य, उगल लिम्बु, दिवस रसाइली, रोनी मगर, मौसम दिवान राई, आदर्श लिम्बु, सुरज गोयन्का, कर्मा तोपग्ये, सुलभ रत्न शाक्य, दिवस गौतम, निहाल के.सी, सूर्या महर्जन, प्रविणराज कार्की, कुनाल मिश्र छन् ।

त्यस्तै महिलातर्फ सेरिन शाक्य, प्रिज्मा गुरुङ, सम्पदा घिमिरे, सुनिना तामाङ, समिका शेरचन, प्रतिमा हायु, याङ्चेन डोल्कर, एन्जेल राई, कृपा श्रेष्ठ, मल्लिका फैजु, स्मृति देउजु, स्तुति श्रेष्ठ, नम्रता शाही ठकुरी, सोमिता तामाङ, रिया मैनाली, सृष्टि गौतम, मोनिका अधिकारी, शर्मिला आले मगर, आँचल शाह, सारा राई, बिनिता खड्का, शिखा श्रेष्ठ, पल्पसा श्रेष्ठ, पुष्प धामी, अञ्जली सुनार, स्मृति श्रेष्ठ, साइच्छा थापा छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा