ताजा अपडेट »

श्रीमानको गोजीबाट एक हजार निकाल्दा रुपन्देहीकी ३१ वर्षीया सावित्रीले ज्यान गुमाइन् !

विहीबार, १२ साउन २०७९, २२ : १६

बुटवल । आफ्नै श्रीमानको गोजीबाट एक हजार निकालेको निहुँमा रुपन्देहीमा एक महिलाले ज्यान गुमाउन पर्यो । रुपन्देहीको कञ्चन गाँउपालिकाकी ३१ वर्षीया सावित्री थापा क्षेत्रीको आफ्नै श्रीमानबाट हत्या भएको हो ।

उनका श्रीमान ३३ वर्षिय यमबहादुर थापाले गोजीबाट एक हजार निकालेको निहुँमा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान र छोरासँग बसोबास गर्दै आएकी सावित्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

इप्रका सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार मृतकको टाउकोमा गहिरो चोट लागेको अवस्थामा मृत शरीर बुधबार बिहान फेला परेको थियो । उनका अनुसार कपालमा काठको टुक्राहरू र कोठामा रगतका छिटाहरू देखिएको र शरीरका विभिन्न भागमा निलडामहरूसमेत देखिएको थियो । 

थापाले राति उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई नसोधीकन पैसा लिएको भनी कुटपिट गरेका थिए । कुटपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई खाटको खुट्टा र भित्तामा टाउको ठोक्याएर श्रीमतीको हत्या गरेको खुल्न आएको इप्रका सालझण्डीले जनाएको छ ।

सावित्रीको शवलाई पोस्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको र उनका श्रीमान थापालाई ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।