ताजा अपडेट »

टिकटक बनाउने क्रममा दाङका बस्नेत कुपिण्डे तालमा बेपत्ता

मंगलबार, १० साउन २०७९, १५ : ०४
22 Shares

दाङ । सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवा कुपिण्डे तालमा बेपत्ता भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३७ वर्षका बेद बहादुर बस्नेतले वेपत्ता भएका हुन ।

मंगलबार दिउँसो साथीहरुसँग तालको छेउमा टिकटक बनाई रहेको अवस्था चिप्लिदा बनगाड कुपिण्डे नगरपालिका ९ मा रहेको कुपिण्डे तालमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी