२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १५,

Advertisement

ग्लोबल आवाज

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार ३२ औं विश्व एड्स दिवस विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा नगरपालिकाको स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रले सचेतनामुलक कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा एचआइभी÷एड्स, कारण, न्यूनीकरणका उपाय तथा उपचार पद्धतिको बारेमा जानकारी गराइएको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए । दिवसकैं अवसरमा ४० जनाको एचआईभी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले एचआईभी संक्रमण न्यूनीकरणको प्रमुख उपाय सचेतना अभिवृद्धि भएको बताउँदै सचेतना अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेलले गत आर्थिक वर्षमा रुपन्देहीमा नयाँ एचआइभी संक्रमित १६३ जना फेला परेको जानकारी गराउँदै हाल जिल्लामा एक हजार तीन सय बढी संक्रमितले एआरटी सेवा लिँदै आएको बताए ।

कार्यक्रममा उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मालगायत जनप्रतिनिधि, कर्मचारी, सेवाग्राहीलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने