ताजा अपडेट »

उप-निर्वाचन : अर्घाखाँचीमा अहिलेसम्म ७० प्रतिशत मत खस्यो

शनिबार, १४ मंसिर २०७६, १४ : २४
8 Shares

मंसिर १४,

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहमा विहान सात वजेदेखि शुरु भएको उप निर्वाचनको मतदान जारी भएको छ ।

दिउँसो २ बजेसम्म खनदहमा ७० प्रतिशत मत खसेको छ ।

निर्वाचनको लागि ४ मतदान केन्द्र र २ स्थल तोकिएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । जसको लागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी १२ जना मतदान स्थलमा खटिएका छन् ।

मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहमै संकलन गरेर शनिबार बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँची जनाएको छ ।

३ हजार ३० मतदाता रहेको उक्त वडामा नेकपाका यमलाल खनाल र कांग्रेसका शोभाखर खनालबीच मुख्य प्रतिस्पर्धा हुदैछ । तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन भएको हो । -लक्ष्मण घिमिरेको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।