ताजा अपडेट »

श्रीलङ्काको टेम्पल ट्रीमा झडप हुँदा १० जना घाइते

मंगलबार, २८ असार २०७९, २२ : ४५
4 Shares

श्रीलंका । कोलम्बोको टेम्पल ट्रीमा मंगलबार झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् । घाइते नौ पुरुष र एक महिलालाई उपचारको लागि भर्ना गरिएको  छ । तीमध्ये छ जनालाई कोलम्बो नेसनल अस्पताल मा भर्ना गरिएकोडेली मिररले स्रोतलाई उद्धृत गर्दै  उल्लेख गरेको छ। दुई जना घाइते बने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

कोलम्बोको टेम्पल ट्रीमा मंगलबार झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् । घाइते नौ पुरुष र एक महिलालाई उपचारको लागि भर्ना गरिएको  छ । तीमध्ये छ जनालाई कोलम्बो नेसनल अस्पताल मा भर्ना गरिएकोडेली मिररले स्रोतलाई उद्धृत गर्दै  उल्लेख गरेको छ। दुई जना घाइते बने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको छ र पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा  सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएका  समाचार सार्वजनिक भएका छन्  ।

शनिबार हजारौं मानिस  विरोध प्रदर्शन गर्दै  फोर्टस्थित राष्ट्रपति भवनमा प्रवेश गरेका थिए । यसअघि शनिबार सभामुख महिन्दा यापा आबेवर्देनाले पत्रकार सम्मेलनमा राष्ट्रपतिले जुलाई १३ मा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि विरोध प्रदर्शनका बीच आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले आफुहरु नआएसम्म घर कब्जा गरिरहने स्पष्ट पारेका छन् । श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ ।

तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द छन्। घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले अभाव बढाएको छ ।विनिमय सञ्चिति र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको हो ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।