ताजा अपडेट »

१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ

मंगलबार, २८ असार २०७९, २१ : ०५
10 Shares

काठमाडौं । बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

१४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो । १८–१९ मा  हेटौंडामा आयोजित राष्ट्रपति रनिङ सिल्डमा आएकी कैलाश गाउँपालिका–९ मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ । 

किशोरीले दिएको जाहेरीमा आफूसहित साथीहरू बसेको होटेलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफूमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।