ताजा अपडेट »

रुपन्देहीका ३ सहित लुम्बिनीका ५ जना पत्रकार सम्मानित

मंगलबार, २८ असार २०७९, १६ : ३७
22 Shares

बुटवल । रुपन्देहीका ३ सहित लुम्बिनीका ५ जना पत्रकार सम्मानित भएका छन्। लुम्बिनी प्रदेशले प्रदान गर्ने अग्रज पत्रकारिता पुरस्कारबाट मरणोपरान्त बिन्दु कुमार चौहान (रुपन्देही),अग्रज पत्रकार खिमानन्द भट्टराई (रुपन्देही), सिर्जशीलन पत्रकारिता पुरस्कारबाट सन्जु पौडेल (रुपन्देही), दिलाराम भुसाल (कपिलबस्तु), प्रेम बि.क. (बर्दिया) सम्मानित भएका हुन्।

लुम्बिनी प्रदेश अग्रज पत्रकार सम्मान पुस्कार मरणोपरान्त बिन्दु चौहान र रुपन्देहीका अग्रज पत्रकार खिमानन्द भट्टराई संयुक्त रुपमा सम्मान गरिएको हो। उनीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा र कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले १ लाख राशिको लुम्बिनी प्रदेश अग्रज पत्रकार सम्मान १ जनालाई र ५० हजार राशिको लुम्बिनी प्रदेश सृजनशील पत्रकारिता पुस्कारबाट ३ जना पत्रकारलाई सम्मान गर्ने यस अघि नै निर्णय गरिसकेको थियो । जस अन्तरर्गत लुम्बिनी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री केसीले सञ्चार क्षेत्र सरकार र जनताको बीचमा पुलको काम गर्ने बलियो संस्था भएकाले सञ्चार क्षेत्रलाई सधै मयार्दित बनाउनु पर्ने बताए। साथै सञ्चार माध्यम र सञ्चारकर्मीहरुले समाज परिवर्तनमा ठूलो योगदान गरेको स्मरण गराउँदै आगामी दिनमा पनि समाज परिवर्तनमा योगदान दिन आग्रह गरे।

कार्यक्रममा प्रमुख सचिव डिल्लीराम शर्मा, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय सचिव दिपक नेपाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरी लगायतको आतिथ्यता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।