ताजा अपडेट »

राममणीमा छात्रामाथि यौन दुर्व्यवहार प्रकरण : शिक्षक भन्छन्-‘अनर्गल आरोप’

मंगलबार, २८ असार २०७९, १४ : ५८
12 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित राममणी बहुमुखी क्याम्पसमा छात्रामाथि यौन दुर्व्यवहारको आरोप खेपेका शिक्षकले घटना झुटो भएको दाबी गरेका छन् । क्याम्पसमा अध्ययनरत एक छात्रालाई शिक्षक केशव ढुंगानाले उचालेर चुम्बन गरी यौन दुर्व्यवहार गरेको आरोप छ । उक्त आरोप आफूलाई फसाउनका लागि रिएको भन्दै शिक्षक ढुंगानाले अस्विकार गरेका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि डेरामा छाड्न जाँदा आफूलाई विज्ञान शिक्षक केशव ढुंगानाले दुर्व्यवहार गरेको पीडित छात्राले आरोप लगाएकी छन् । आरोपित शिक्षकले भने मानवीय नाताले डेरामा छाड्न गएको स्वीकार गर्दै, त्यहाँ दुई मिनेट पनि नबसेको ग्लोबल आवाजसँग बताए । छात्रालाई उचालेर चुम्बन गरेको आरोप ‘अनर्गल’ भएको उनको दाबी छ । साेमबार असार २७ गते भएको भनिएको सो घटनाबारे आवश्यक कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज मँगलबार विहान क्याम्पसमा प्रदर्शन गरेका थिए । घटनामा संलग्न शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेपछि क्याम्पस प्रशासनले कारबाही अगाडी बढाउने आश्वासन दिएको एक विद्यार्थीले बताए । प्रिन्सिपल ताराप्रसाद पराजुलीले घटना के हो भन्ने बारे अनुसन्धानपछि मात्रै खुल्ने बताउँदै अन्य प्रतिक्रिया जनाउन चाहेनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।