ताजा अपडेट »

लागु औषधसहित एक जना पक्राउ

मंगलबार, २८ असार २०७९, १३ : ५२
4 Shares

परासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवाबाट लागु औषधसहित हिजो एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा रामग्राम १२ का वर्ष ३५ का वेवी देवी बानियालाई लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।

उनको साथबाट बरामद गरीएको प्लाष्टिकको झोलाभित्र बुप्रिनर्फिन २२ एम्पुल, फेनारगन २२ एम्पुल र डाईजेपाम २२ एम्पुल गरी जम्मा ६६ एम्पुल लागु औषध लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भैरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।