ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना, १९ वर्षीय रामचन्द्रको मृत्यु

मंगलबार, २८ असार २०७९, १२ : १८
6 Shares


रुपन्देही ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन् । दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे नियन्त्रण गुमाएर पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।