ताजा अपडेट »

तिलोत्तमाको राममणी क्याम्पसमा शिक्षकबाटै विद्यार्थीमाथि यौन दुर्व्यवहार

मंगलबार, २८ असार २०७९, १० : १८
14 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसका शिक्षकमाथि यौन  दुर्व्यवहारको आरोप लागेको छ । विज्ञान विषय पढाउने शिक्षक केशव ढुंगानाले क्याम्पसका छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको हो ।

घटना सार्वजनिक भएसँगै सम्बन्धित शिक्षकलाई निलम्बन गर्नेगरी छानबिनको प्रक्रिया अगाडी बढाइएको क्यापसका प्रिन्सिपल तारा पराजुलीले ग्लोबल आवाजलाई बताए । घटना विवरण बारे थप खुलाउन नचाहेका उनले छानबिनपछि मात्रै सबै कुरा बाहिर ल्याउने बताए । पेटको समस्या भएपछि सोमबार छात्रालाई डेरामा छाड्न गएका ढुंगानाले आफूलाई उचालेर चुम्बन गरेको पीडित छात्राले आफ्ना साथीहरुलाई बताएकी छन् ।

अगुवा विद्यार्थीहरुले सो घटना प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराए पनि यस घटनालाई क्याम्पसभित्र गुपचुप राख्न खोजिएको आरोप छ ।  प्रिन्सिपल पराजुलीले सो घटना प्रहरीमा जानकारी नगराउन भन्दै छात्राका अभिभावकलाई रोक्न खोजेको बताइएको छ । सोमबार दिउँसो २ बजेको सो घटनाबारे हालसम्म  कुनै उजुरी तथा सूचना प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

उता आराेपित ढुंगानाले भने आफूनै पीडित बनेको बताउँदै आफूमाथि आरोप मात्रै लगाएको बताएका छन् । उनले भने ‘आफ्नो विद्यार्थीलाई सहयोग गर्दा उल्टै आरोप लाग्यो, मेरो आचरण बारे अन्य विद्यार्थीसँग पनि बुझ्न सक्नुहुन्छ । ममाथि षड्यन्त्र गरिँदै छ, विद्यार्थीले लगाएको आरोपको भरमा अतिरञ्जित गरी बढाइँदै छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।