ताजा अपडेट »

‘हामी उठ्ने छौं’ को ‘मेरो गाउँ,मेरो ठाउँ’ भिडियो च्यालेन्ज

सोमबार, २१ माघ २०७५, १७ : २५
6 Shares

माघ २१,

बुटवल । नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यका साथ 'हामी उठ्ने छौ'
(''We Will Rise'' ) फाउण्डेशनले मेरो गाउ मेरो ठाउँ नामक भिडियो च्यालेञ्ज प्रतियाेिगता गर्ने भएको छ । फाउण्डेशनले आज सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको होे ।

फाउन्डेसनका अप्रेसन डाइरेक्टर अनुप के भट्राईले आफ्नो गाउँ–ठाउँमा रहेको तर ,लुकेर रहेको विभिन्न स्थानहरुको पहिचान गराउने उद्देश्यका साथ अभियानको थालनी गरिएको जानकारी दिए । उनका अनुसार ५ मिनेटको पर्यटकीय, भेषभुषा, खानपान र रितिरिवाजका भिडियो बनाएर आफ््नो गाउँ आफ्नो ठाउँको विषयमा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने गरी प्रतियोगितामा भाग लिन सकिने बताए ।

उनका अनुसार आफ्नो क्षेत्रको मौलिक कला, संस्कृती, रितिरिवाज, लगायतलाई उजगार गर्न सकिने छ । प्रतियोगितामा सहभागी हुने भिडियो एचडी क्वालिटी र स्क्रीप्ट सहित अधिकतम ५ मिनेटको हुनुपर्र्ने उनले बताए । प्रतियोगिताको उत्कृष्टले १ लाख, सेकेण्ड रनर अपले ५० हजार, सर्वोत्कृष्ट भिडियो इडिटिङ लेखन, प्रस्तुतीकरणले थप नगद २५/२५ हजार रुपैयाँ समेत पाउने उनले बताए ।

सन–२०२० को पर्यटन वर्षलाई समेत उजागर गर्नको लागि अभियानको थालनी गरिएको जनाइएको छ । जनवरी १ बाट अभियान सुरु भएकोमा ४ महिनासम्म यो अभियान चल्ने छ । सो अवसरमा बरिष्ठ चलचित्रकर्मी निर्मल शर्माले यो अभियान नितान्त सामाजिक हितमा अग्रसर रहेको बताए । उनले पछिल्लो समय सामाजिक सञ्जाल आर्कषक र ब्यक्तिको क्रियटिभिटी प्रस्फुटन गर्ने रुपमा रहेको बताउँदै सकारात्मक सोच विकास गर्न जरुरी रहेको बताए ।

‘हामी उठ्ने छौ’ का अध्यक्ष पत्रकार निर्मल श्रेष्ठले भुकम्पको बेला शुरु भएको अभियानलाई पछिल्लो समय पर्यटन पर्वद्धन गर्ने लक्ष्यसहित अघि बढेको बताए । साना–साना विषयबस्तु चर्चामा नआएका स्थानहरुलाई उजगार गर्दा यसबाट देशको आर्थिक समृद्धिमा समेत टेवा मिल्ने उनले बताए । हामी उठ्ने छौ भिडियो च्यालेन्ज प्रतियोगीता अभियानमा १३ पटकसम्म सगरमाथा आरोहण गरेका फुर्वा तेन्जिङ शेर्पासहित विभिन्न पेशा ब्यवसायका ब्यक्तिहरु लगाएत सामाजिक अभिययन्ताहरुको सहभागिता रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।