ताजा अपडेट »

बुटवलको एक होटलमा राति युवासँग गएकी युवती झुण्डिएको अवस्थामा फेला

आइतबार, २६ असार २०७९, १० : ५९
4 Shares

बुटवल । बुटवलको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । बुटवल उपमहानगरपालिका–३ मा रहेको पाल्पाली होटलमा बुटवल-११ की २१ वर्षीया समिक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार शुक्रबार राति ती युवती र एक युवा होटलमा बस्न गएका थिए ।

‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै १२ बजे होटल संचालकले फोन गरेका गर्नु भएको थियो ।’–उनले भने ।

युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । अहिले युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।