ताजा अपडेट »

कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु

विहीबार, २३ असार २०७९, १७ : ४५
2 Shares

बुटवल । कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महाराजगंज नगरपालिका ३ बर्गदाका २२ वर्षीय मुस्तकिम तेलीको रहेको प्रहरीले जनाएको छ ।

तेली बुधबार सोही नगरपालिकाको वडा नम्बर १० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।