२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

सुर्खेत । बाजुराको बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको छ । तनाव भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको छ ।

Advertisement

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । ‘केहीबेर विवाद भयो,’ अधिकारीले भने, ‘करिब १५ मिनेट मतदान गरेर अहिले पुनः मतदानको स्थिति बनेको छ ।’

अन्य मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरूबीच विवाद भएपछि दोहोरो झडप भएको छ । एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्यबहादुर थापाले बताए । 

३० वैशाखमा भएको निर्वाचनमा बुथ कब्जा गरेको भन्दै मतगणना स्थगित गरेर पुनः बिहीबार निर्वाचन गरिएको हो । 

प्रतिकृया दिनुहोस्

Flash News

आर्थिक मन्दिका कारण अलिबाबाले गर्यो दश हजार कर्मचारी कटौती साउदीबाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाड्नु पर्ने बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी