ताजा अपडेट »

१५ वर्षीया किशोरी बलात्कृत

विहीबार, २३ असार २०७९, १२ : २९
2 Shares

बर्दिया ।  बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।