२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

काठमाडौं । उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ कन्फर्म भएतापनि महासचिवलगायत अन्य पदाधिकारी चयनको बिषय नेकपा माओवादी केन्द्रमा सकस पुर्ण भएको छ । मुख्यतः एक पद मात्र रहेको महासचिवमा बर्षमान पुन र जनार्दन शर्मा दुवैले दावेदारी गरेपछि माओवादी केन्द्रमा पदाधिकारी चयनको बिषय सकसपुर्ण भएको हो । जसकाकारण गत पुसमा महाधिवेसन सम्पन्न गरेको माओवादीले ५ महिना नाघिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

Advertisement

मंगलवार र बुधवार भएका छलफलमा सहमतिका आधारमा महासचिवलगायत अन्य बिषय टुंगो लगाउने प्रयास गरे पनि पुन र शर्मा दुवै दावेदारी कायम राखे पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप दबाबमा परेका छन । ‘आज पनि पदाधिकारी टुंगो लगाउने बिषयमा केन्द्रीय समिति बैठक अघि आन्तरिक गृहकार्य गर्दछौं, सकेसम्म आजै नाम टुंग्याएर जानेछौं,’ पुर्व कोषाध्यक्ष हरिबोल गजुरेलले न्युज कारखानासँग भने ।

खुमलटारस्थित प्रचण्ड निवासमा पुर्व पदाधिकारी र पुर्व स्थायी कमिटीको अनौपचारिक बैठक जारी छ । सो बैठकमा दुवै नेता बिच सहमति नभएमा ‘तेस्रो विकल्प’मा शक्तिबहादुर बस्नेतलगायतको नाम अघि सारिएको छ । उपाध्यक्षमा श्रेष्ठ ‘कन्फर्म’ भए झै गणेश साह र कृष्णबहादुर महरा पनि सम्भावित सुचीमा रहेका छन भने मातृकाप्रसाद यादवले पनि उपाध्यक्षका लागि आफनो आंकक्षा प्रकट गरेका कारण उपाध्यक्ष चयन थप कसिलो बन्दै गएको छ । उता, सचिवका लागि पम्फा भुषाल, गिरीराजमणी पोखरेल, देवप्रसाद गुरुङ, लिलामणी पोखरेलको नाम अघि सार्ने सम्भावना देखिएको माओवादी नेताहरुले बताएका छन भने कोषाध्यक्षमा गजुरेलले दोहरिन सक्ने छन ।

माओवादी बिद्यान अनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्न पाउने अधिकार भए पनि  आवाश्यक्ता अनुसार थप गर्न सक्ने अधिकार केन्द्रिय समितिलाई दिएकाले पदाधिकारी १५ भन्दा बढी हुन सक्ने आंकलन गरिएको छ । यद्धपी, प्रचण्डले सहमतिका आधारमा आजको बैठकमा नाम पेश गरे केन्द्रिय समितिको तेस्रो केन्द्रिय समितिको पुर्ण बैठकवाट ५ महिना भन्दा बढी समय रिक्त रहेको पदाधिकारी टुंगोमा पुग्नेछन । महासचिव टुंगो लगाएर जान नसकेको खण्डमा पोलिटब्युरो र स्थायी कमिटी सदस्य चयन गरेर अघि बढने योजनामा माओवादी केन्द्र रहेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

साउदीबाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाड्नु पर्ने बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण