ताजा अपडेट »

रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु

विहीबार, २३ असार २०७९, १२ : ००
2 Shares

बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ ।

पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले जनाएको छ । मृतक पाण्डेमा मुल सम्बन्धी समस्या रहेको र तालमा जाँदा डुबेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।